मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भारत र चीनसँग सम्बन्ध बढाउने सरकारको प्राथमिकता : परराष्ट्रमन्त्री साउद

शनिबार, १६ वैशाख २०८०, ११ : ३४
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद सम्हालेपछि पहिलो औपचारिक विदेश भ्रमणमा भारत जाने बताएका छन् । समाचार एजेन्सी एसोसिएटेड प्रेसलाई दिएको अन्तर्वार्तामा उनले सरकारले आफ्ना छिमेकी मुलुक भारत र चीनसँग सम्बन्ध बढाउन प्राथमिकता दिने बताएका हुन् ।
साउदले भनेका छन्, ‘सरकारले दुवै देशसँग राम्रो सम्बन्ध कायम राख्नेछ र कुनै पनि छिमेकी देशसँगको सम्बन्धमा हानि पुग्ने कुनै पनि काम गर्नेछैन ।’

उनले आफ्नो स्वार्थका लागि एकअर्काविरुद्ध प्रयोग नगर्ने पनि स्पष्ट पारेका छन् । साउदका अनुसार नेपालले दुवै देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र नेपालको आन्तरिक मामिलामा पनि कसैले हस्तक्षेप नगरोस् भन्ने चाहेको जिकिर गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप