सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

एसीसी प्रिमियर कप : कीर्तिपुरमा फेरि पानी पार्न थाल्यो

शनिबार, १६ वैशाख २०८०, १२ : ०८
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियिर कप अन्तरगत कुवेतविरुद्धको सेमिफाइनल खेलमा फेरि पानी पर्न सुरु भएको छ । केही बेरअघि पानी रोकिएसँगै खेल सुरु गर्ने तयारी गरिएको थियो । 

त्यसका लागि कीर्तिपुरस्थित खेल मैदानबाट कभरहरु हटाइएको थियो भने खेलको अवधि ४५–४५ ओभरमा छोट्याएर १२ः१५ बजेदेखि खेल सुरु गर्ने भनिएको थियो । तर पुनः पानी पर्न थालेपछि मैदानलाई कभरले ढाकिएको छ ।

यसअघि खेलको २४ औँ ओभरमा पानी परेपछि सेमिफाइनल खेल रोकिएको थियो । नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप