आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रङ्गशाला निर्माणका लागि बजेट अभाव हुन् दिइने छैन : मन्त्री सिंह

शनिबार, १६ वैशाख २०८०, १३ : ०४
शनिबार, १६ वैशाख २०८०

सुर्खेत ।  प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश गौरवको आयोजना रङ्गशाला निर्माणको काम धमाधम भइरहेको छ । प्रदेश सरकारका अर्थमन्त्री बेदराज सिंहले उक्त रङ्गशालाका लागि बजेट अभाव हुन् नदिने बताए । उनले नयाँ आर्थिक वर्षका लागि ल्याइने बजेटमा पनि रङ्गशालालाई पहिलो प्राथमिकताका साथ बजेट विनियोजन गरिने बताए ।

राष्ट्रिय लेखा दिवस २०८० का अवसरमा प्रदेश लेखा नियन्त्रक कार्यालयले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री सिंहले कर्णालीलाई खेलकुदका क्षेत्रमा अब्बल बनाउनुपर्ने बताए । त्यसका लागि सरकारले पर्याप्त बजेट व्यवस्था गर्नुपर्ने आवश्यकता पनि रहेको बताए ।

सिंहले खेलाडीको संरक्षण र क्षमता विकासका लागि प्रदेश सरकार तयार रहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप