सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कृष्णलाल झा स्मृति शिक्षा पुरस्कारको स्थापना

शनिबार, १६ वैशाख २०८०, १४ : २५
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । साहित्यकार तथा संस्कृतिविद् प्राज्ञ धीरेन्द्र प्रेमर्षी र सञ्चारकर्मी रूपा झाले आफ्ना बुबा कृष्णलाल झाको स्मृतिमा कृष्णलाल झा स्मृति शिक्षा पुरस्कारको स्थापना गरेका छन् ।  सामुदायिक विद्यालयको शिक्षण तथा शिक्षा क्षेत्रमा योगदान पुर्याउने शिक्षासेवीलाई पुरस्कृत गर्नेगरी सो पुरस्कारको स्थापना गरेको प्राज्ञ प्रेमर्षीले बताए । धिरेन्द्र र रुपाका जेठा छोरा अक्षेन्द्र झाको जन्मदिनको उपलक्ष्यमा स्थापना गरिएको अक्षय कोषबाट वार्षिक ५१ हजार रुपियाँ पुरस्कारको रुपमा प्रदान गरिने बताइएको छ । २००४ सालमा स्थापना भएको सिरहा जिल्लास्थित बस्तीपुर माध्यमिक विद्यालयका संस्थापक शिक्षकमध्येका एक पं.कृष्णलाल झाले सो विद्यालयमा सबैभन्दा लामो समय काम गरेका हुन् । 
शिक्षासेवी झाको स्मृति दिवसका दिन बस्तीपुरस्थित उनले अध्यापन गराएको विद्यालय परिसरमै पुरस्कार वितरण गर्ने प्राज्ञ प्रेमर्षीले बताए । बस्तीपुर विद्यालयबाट एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने एकजना छात्र÷छात्रालाई ११ हजार रुपियाँको कृष्णानन्दी प्रोत्साहन पुरस्कार वा सोही विद्यालयमा कक्षा ११–१२ अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले जानकारी गराए । 

कृष्णलाल झाकी धर्मपत्नी आनन्दीदेवी झा प्रमुख संरक्षक र जेठा छोरा राजेन्द्र झा संरक्षक रहेको कोष सञ्चालनका लागि प्राज्ञ प्रेमर्षीको अध्यक्षतामा कुमुदरञ्जन बराल, शेखर गिरी, डा.रेणु अधिकारी, धर्मेन्द्र झा ’विह्वल’, गोविन्द यादव, जुगुतराम, राकेश रेग्मी र रूपा झा सदस्य तथा  देवेन्द्र झा, योगेन्द्र झा, वीरेन्द्र झा, महेन्द्र झा, जीतेन्द्र झा, विमला झा र विभा झा सल्लाहकार रहने गरी समिति बनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप