सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

शनिबार, १६ वैशाख २०८०, १६ : १६
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । अछामको  मेल्लेख गाउँपालिका-६ स्थित सडकमा सोडसाबाट नुवाघरतर्फ जाँदै गरेको सु.प्र.प्र.०१००२ त २९९३ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-१ बस्ने ३३ वर्षीय ध्रुव कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यस्तै मोरङको कानेपोखरी गाउँपालिका-२ गेउरीयास्थित सडकमा प्र.१-०२-००१ ख ८६८४ नम्बरको टिपरले मे.४ प ६८६५ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक रंगेली नगरपालिका-८ बस्ने ३५ वर्षीय सुरेश दाहालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आर्या न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उता काभ्रेको धुलिखेल नगरपालिका-९ पानीट्याङकीस्थित सडकमा बा.५ ख ५६२९ नम्बरको बसले बा.प्र.०२-०२९ प ०८४० नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक धुलिखेल नगरपालिका-११ बस्ने ३० वर्षीय विशेष तिवारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप