आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारबारे निर्णय लिन रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको बैठक

आइतबार, १७ वैशाख २०८०, ०८ : ५०
आइतबार, १७ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ। सरकारलाई दिएको समर्थन फिर्ता र संसदीय दलको नेता चयनबारे निर्णय लिन बैठक बोलाइएको बताइएको छ । 

डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको र पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक आह्वान गरिएको हो।

सोमबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप