सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अष्ट्रेलिया पठाइदिन्छु भनी ३० लाख ठगी, एकजना पक्राउ

आइतबार, १७ वैशाख २०८०, १६ : २७
आइतबार, १७ वैशाख २०८०

काठमाडौँ । अष्ट्रेलिया पठाइदिन्छु भनी ३० लाख ठगी गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर ४ घर भई हाल काठमाडौँमा बस्दै आएका २७ वर्षीय सञ्जय रेग्मी रहेका छन् । 

रेग्मीलाई आइतबार  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । 

अमृता गुरुङलाई अष्ट्रेलिया पठाइदिन्छु भन्दै रेग्मीले पटकपटक गरी ३० लाख लिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप