आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कानेपोखरी गाउँपालिकाको केन्द्र सारिने

आइतबार, १७ वैशाख २०८०, १८ : ४३
आइतबार, १७ वैशाख २०८०

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहितको केन्द्र सार्ने निर्णय गाउँसभाले गरेको छ । गाउँसभाको आज बसेको बैठकमा २७ जनाले केन्द्र सार्ने पक्षमा मतदान गरे भने ६ जनाले यथास्थानमा राख्नुपर्ने पक्षमा मतदान गरेका थिए ।

पालिकाकी अध्यक्ष राजमती इङ्नामको तर्फबाट वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले गाउँसभामा पालिकाको केन्द्र वडा नम्बर–५, भौंसाबारीमा सार्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सहमति हुन नसकेपछि मतदान भएको थियो ।

मतदानका क्रममा २७ जनाले सार्नुपर्ने पक्षमा मत दिएको गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले जानकारी दिए ।

कानेपोखरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७८÷०७९ मा पालिकाको केन्द्र स्थापनाका लागि भन्दै भौंसाबारीमा १ बिगाहा जग्गा २ करोड ५ लाख रुपैयाँमा खरिद गरेको थियो । गाउँपालिकाले २०७८ असार २३ गते मुआब्जा निर्धारण समितिमा पेस गरेको प्रतिवेदनको आधारमा उक्त जग्गा प्रतिकठ्ठा १० लाख २५ हजारका दरले खरिद गरेको हो ।

त्यो जग्गामा पालिकाको प्रमुख प्रशासनिक केन्द्र बनाउने कि नबनाउने भन्ने विषयमा विवाद भइरहेको थियो । गाउँसभाबाट केन्द्र सार्ने निर्णय भएसँगै अब यो विवाद समाधान भएको उपाध्यक्ष अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप