आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सङ्कट आउन नदिन उद्योगीहरूको सहयोग आवश्यक :  मन्त्री रिजाल

आइतबार, १७ वैशाख २०८०, १८ : ५२
आइतबार, १७ वैशाख २०८०

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योग क्षेत्रमा सङ्कट आउन नदिन उद्योगीहरूको सहयोगको आवश्यकता रहेको बताएका छन् । 

आइतबार मन्त्रालयमा बैङ्क तथा वित्तीय संस्था परिसंघको टोलीसँगको भेटमा मन्त्री रिजालले उद्योग क्षेत्रमा देखिएको समस्या समाधानका सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

अध्यक्ष पवन गोल्यानको नेतृत्वमा परिसंघको टोलीले उद्योग क्षेत्रमा रहेको विभिन्न समस्याको बारेमा जानकारी गराएको थियो । 

बैङ्क तथा वित्तीय क्षेत्रमा धेरै पैसा लक भएको भन्दै टोलीले मन्त्री रिजाललाई त्यस्तो रकम रिलिज गर्न पहल गरिदिन आग्रह गरेको थियो । टोलीले उक्त रकम उद्योग क्षेत्रमा भित्र्याउनु पर्नेमा जोड दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप