सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार व्यवसायी संघको १०० दिनका २२ उपलब्धि

आइतबार, १७ वैशाख २०८०, १९ : ००
आइतबार, १७ वैशाख २०८०

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघको नयाँ कार्यसमितिले आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । राजेन्द्र भण्डारी नेतृत्वको नयाँ समितिले गरेको काम र आगामी योजना सार्वजनिक गरेको हो ।

आइतबार पत्रकार सम्मेलन गर्दै १०० दिनमा गरेको कामको विवरण सार्वजनिक गरेको हो । जसमा जापान कामदार पठाउन सूचीकरण गर्नेदेखि लिएर विभिन्न समस्यामा परेका कामदारहरूको समस्या समाधानसम्मका रहेका छन् ।

अध्यक्ष भण्डारीले आफू अध्यक्ष बनेपछि व्यवासायी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको हक हितको लागि काम गरिरहेको बताए । 

फ्रि भिसा फ्रि टिकटको अव्यवहारिक प्रावधानलाई हटाएर श्रमिक एक महिनाको तलब बराबरको सेवा शुल्क लिन पाउने कानुनी व्यवस्थाका लागि पहल भइरहेको बताए । उक्त नियम खाडी मुलुकमा मात्र नभएर युरोपमा पनि १ महिनाको सेवा शुल्क नै लिने गरी वैधानिक बाटोबाट रोजगारीमा कामदार पठाउन सरकारसँग छलफल भइरहेको बताए ।

संघले आगामी दिनमा गर्नुपर्ने कार्ययोजना समेत सार्वजनिक गरेको छ । वार्षिक १०० जना कामदार नपठाए ईजाजत नवीकरण नहुने व्यवस्था अन्त्य गर्न सरकारसँग पहल गरिरहेको समेत उनको भनाई छ ।

त्यस्तै सेवा शुल्क परिमार्जन गर्न मन्त्रालयमा मागपत्र पेश गरिएको, मागपत्र प्रमाणीकरण सम्बन्धी समस्या समाधान गर्न पहल, पटक पटक विज्ञापन गर्नुपर्ने व्यवस्थाको अन्त्य, वैदेशिक रोजगार व्यवसाय कोष संचालन सम्बन्धी मापदण्ड २०७९, नेपालस्थित साउदी अरबको दूतावाससँग सम्बन्धित समस्या समाधान गर्न पहल, मलेसियाका समस्याबारे मलेसियन गृहमन्त्रीलाई ध्यानाकर्षण गराइएको लगायतका काम गरेको अध्यक्षले भण्डारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप