सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महिनावारी सुकेको ५ वर्षपछि ५२ वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा सन्तान

आइतबार, १७ वैशाख २०८०, १९ : ४२
आइतबार, १७ वैशाख २०८०

काठमाडौं – महिनावारी सुकेको ५ वर्षपछि काठमाडौँकी एक महिला आईभीएफ प्रविधिबाट जुम्ल्याहा सन्तान जन्माएकी छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरमा उपचार गराइरहेकी ५२ वर्षीया ती महिलाले आईभीएफ प्रविधिमार्फत एकसाथ दुई सन्तानलाई जन्म दिएकी हुन् ।

बढ्दो उमेर समूहमा जोखिम बढी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै गर्भावस्थादेखि नै उच्च निगरानीमा राखेर उपचार गरिएको थियो । शल्यक्रियामार्फत जन्मिएका दुवै जना सन्तान र आमाको अवस्था राम्रो रहेको नर्भिककी वरिष्ठ टेष्टट्यूव बेबी विशेषज्ञ डा. नूतन शर्माले बताइन् ।

सामान्यतया बढ्दो उमेर समूहका महिलामा गर्भधारण गर्ने र सन्तान जन्माउन सक्ने अवस्थालाई जटिल रूपमा हेर्ने गरिन्छ । डा. शर्माका अनुसार ती महिलाको महिनावारी समेत सुकिसके र पाठेघरमा समेत मासु पलाएको थियो, जसको दूरबिनबाट गरिने शल्यक्रियामार्फत पाठेघरको मासु झिकेर आईभीएफ प्रविधिबाट उपचार गरिएको थियो ।

यसअघि पनि ५५ वर्षीया महिलाले नर्भिकमै आईभीएफ प्रविधिमार्फत सन्तान प्राप्त गरेकी थिइन् ।

नेपालको सन्दर्भमा सन्तान जन्माउनका लागि ३० वर्षको उमेर समूहलाई उत्तम मानिने गरिए पनि विभिन्न कारण बढी उमेर समूह भएका महिलाले सन्तानको रहर गरे उमेरलाई मात्र बाधक मान्न नसकिने नर्भिक अस्पतालले जनाएको छ ।

अस्पतालका विज्ञहरुकाअनुसार पछिल्लो ६ महिनामा नर्भिकमा आईभीएफ गरेकामध्ये गर्भधारण गर्न सफल ६१ जना महिला ४६ देखि ५५ वर्ष उमेर समूहका रहेका छन् । त्यसैले सन्तान प्राप्तिको चाहनामा उमेरलाई मात्र बाधक मान्न आवश्यक छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप