सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप

यूएईको चौथो विकेट गुम्यो

सोमबार, १८ वैशाख २०८०, ०९ : ५१
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध चौथो विकेट लिएको छ । ललित राजवंशीले रमिज शहजादलाई आउट गरेका हुन् ।

यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए । यूएईले ३५ रनमा ४ विकेट गुमाइसकेको छ ।

आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ ।

सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपालले फाइनलमा स्थान बनाएको हो भने यूएईले ओमानलाई पाखा लगाएको थियो । नेपाल हालसम्म यो प्रतियोगितामा अपराजित रहेको छ । त्यस्तै, पछिल्ला तीन खेलमा यूएईविरुद्ध नेपाल अपराजित रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप