सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पुष्करले सुनाए रास्वपा ‘घण्टी घर’ को कथा : साइकललाई नो इन्ट्री !

सोमबार, १८ वैशाख २०८०, १० : ४८
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा गाडी र मोटरसाइकल प्रवेश खुला भएपनि साइकल प्रवेश निषेध गरिएको छ ।  विश्व साइकल यात्री पुष्कर शाहले सोमबार बिहान रास्वपाको कार्यालय घण्टीघर पुग्दा कार्यलयका सुरक्षा गार्डले साइकल निषेध भएको भन्दै आफुलाई प्रवेश नदिएकोे खुलासा गरेका हुन् । 

साइकल यात्री शाहले ‘घन्टी घरको कथा’ भन्दै सामाजिक सञ्जालमा तस्बिरसहित राखेर लेखेका छन्, ‘माननीय डिपी अर्याल : राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षले चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो । अध्यक्षज्यूलाई नि भेट्नुपर्यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धारा पुगेँ ।’

उनले थप प्रष्ट पार्दै  भनेका छन्,  ‘पालेज्यूले साइकललाई घन्टी घरभित्र प्रवेश छैन भन्नुभो । ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ । भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ । मैले त्यो बारे प्रश्न गरेँ । पालेले गाडी र मोटर साइकल त पाउँछ भने । पालेज्युको आदेश मानेर म बाहिर निस्केँ । माननीय डिपी अर्याललाई फोन गरेँ : फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्केँ । झ्याक्ने साइकले जिन्दगी !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप