मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

सोमबार, १८ वैशाख २०८०, ११ : १९
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य घटेको जनाएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले आइतबारको तुलनामा सुनको मूल्य घटेको र चाँदीको स्थिर कायम भएको जानकारी दिएको हो ।

तोलामा २०० रुपैयाँ घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजाबी सुनको मूल्य १ हजार ८ हजार ७०० रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य भने स्थिर छ । यससँगै, आज चाँदीको मूल्य १४ सय १५ रुपैयाँ कायम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप