आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

रास्वपाको केन्द्रीय समिति बैठक बसुन्धरामा सुरु

सोमबार, १८ वैशाख २०८०, १२ : ५७
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा सुरु भएको छ । उपनिर्वाचनपछि पहिलोपटक रास्वपाको केन्द्रीय समिति बैठक बसेको हो । बैठकमा पार्टी सभापति रवि लामिछानेलाई दलको नेता चयन गर्नुका साथै सरकारमा जाने/नजाने विषयमा छलफल हुने रास्वपाका एक नेताले बताए ।  ‘अहिले केन्द्रीय समिति बैठक बस्दै छ । बैठकमा सभापति ज्यूलाई दलको नेता चयन गर्ने र सरकारको विषयमा छलफल हुन्छ’ ती नेताले भने, ‘त्यसपछि संसदीय दलको बैठक बसेर दलको नेता चयन र सरकारका विषयमा निर्णय हुन्छ ।’ 

बैठकमा ४० जना केन्द्रीय सदस्यलाई पार्टी निर्माण र सरकारका विषयमा धारणा राख्न दिने तयारी गरिएको छ । बैठकले सरकारमा जाने/नजाने विषयमा स्पष्ट बुझिने गरी निर्णय गर्ने ती नेताले बताए । सरकारमा गए किन जाने ? यदि  नगएमा किन नजाने ? भन्ने विषयमा पनि स्पष्ट गराउने तयारी गरिएको छ । सो पार्टीका अधिकांश नेताहरूले सरकारमा जान नहुने भन्दै दबाब बढाइरहेका छन् । सरकारमा जान नहुने मत बलियो हुँदै गएमा रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिई प्रतिपक्षमा बस्न सक्ने बताइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप