आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

शुक्रबारसम्म सरकारबारे पर्ख र हेरको नीतिमा रास्वपा

सोमबार, १८ वैशाख २०८०, १४ : ३०
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबारे पर्ख र हेरको नीतिमा देखिएको छ । 

रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकमा सरकारको विषयमा छलफल भएपनि कुनै निर्णय नभएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । 

उनका अनुसार पार्टीले यसबारे शुक्रबार ठोस निर्णय गर्नेछ । ‘पार्टी कि त प्रतिपक्षमा बस्छ कि त सरकारमा जान्छ । पार्टी सरकारमा जाने या प्रतिपक्षमा बस्नेबारे शुक्रबार बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकले निर्णय गर्नेछ’, ढकालले भने । 

रास्वपाले सरकारमा जानका लागि आफ्नो शर्त पुरा हुनुपर्ने अडान लिँदै आएको छ । त्यसका लागि शुक्रबारसम्म पर्खिएर आवश्यक निर्णय लिइने भएको हो । 

रास्वपाका सभापति रवि लामिछानेले सरकारबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल थालिसकेका छन् । उनले आइतबार मात्रै प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्नो माग सम्बोधन भएमा सरकारमा सहभागी हुन सकिने जनाउ दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले पनि माग पुरा गर्न सकारात्मक जवाफ दिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप