सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप

वर्षाका कारण आज थप खेल नहुने

सोमबार, १८ वैशाख २०८०, १५ : २७
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । निरन्तर वर्षाका कारण नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनल खेल आजका लागि रोकिएको छ । अब बाँकी खेल मंगलबार बिहान ९ बजेदेखि जारी हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको हो । फाइनल खेलका लागि यसअघि नै एक दिन थप ‘रिजर्भ डे’ राखिएको थियो ।

यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि आजको खेल रोकिएको थियो । टस हारेर ब्याटिङ गरेको यूएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए भने आर्यन लाक्राले १३ तथा मुहमद वसिमले ११ रन बनाए । नेपालका लागि ललित राजवंशीले ३ तथा सन्दीप लामिछाने र करन केसीले २–२ विकेट लिएका छन् । गुल्सन झा र सोमपाल कामीले १–१ विकेट लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप