आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निरा पाण्डे आचार्यको आज अन्त्येष्टि गरियो

सोमबार, १८ वैशाख २०८०, २० : ५८
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । यही वैशाख ७ गते हत्या गरिएकी काठमाडौँ कपन सरस्वतीनगरकी निरा पाण्डे आचार्यको आज पशुपतिस्थित आर्यघाट अन्त्येष्टि गरिएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले आइतबार हत्यामा संलग्न भएको आरोपमा झापाबाट विनोद विकलाई पक्राउ गरेको थियो । 

सिआइबीको टोलीले निराका घरपरिवार तथा आफन्तसँग छलफल गरेर शव जिम्मा लगाएको थियो । माइती पक्षले भने प्रहरीको अनुसन्धानमा चित्त नबुझेको भन्दै अन्त्येष्टिमा सहमति जनाएको थिएन । 

निराको सोमबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको आफन्त प्रकाश श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप