सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सहिद स्मारक 'ए' डिभिजन लिगमा आज दुई खेल हुँदै

मङ्गलबार, १९ वैशाख २०८०, ०८ : १५
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन् ।

एन्फा कम्प्लेक्स जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

जावलाखेल १३ खेलबाट २४ अङ्क जोडेर शीर्ष स्थानमा छ भने  पुलिसले १२ अङ्कमा सीमित छ ।

यसैगरी, च्यासल खेल मैदानमा थ्री स्टार क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल पनि दिउँसो ३ बजेबाट नै सुरु हुनेछ ।

थ्रि स्टारले १३ वटा खेलबाट ६ वटामा जित हासिल गर्दै २२ अङ्क बटुलेको छ भने समान १३ खेलमा ४ खेलमा मात्रै जित हासिल गरेको खुमलटारको १३ अङ्कमा सीमित छ ।

यस सिजनको लिगमा १४ वटा क्लब सहभागी रहेका छन् । डबल राउण्ड रोविन प्रणालीका आधारमा लिगका खेलहरू भइरहेको छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप