आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज रातिदेखि जमुनाह नाका ७२ घण्टासम्म बन्द रहने

मङ्गलबार, १९ वैशाख २०८०, ०८ : ३३
मङ्गलबार, १९ वैशाख २०८०

बाँके । नेपाल–भारत सीमास्थित जमुनाह नाका आज रातिदेखि बन्द हुने भएको छ ।

भारत उत्तर प्रदेशको बहराइच जिल्लामा हुने गाउँ पञ्चायत निर्वाचनका कारण आज रातिदेखि ७२ घण्टासम्म जमुनाह नाका बन्द हुन लागेको हो । आगामी २१ वैशाखमा भारत, उत्तर प्रदेशमा गाउँ पञ्चायत निर्वाचन हुदैँछ ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार आज राति१२ बजेदेखि २१ वैशाख बेलुका ६ बजेसम्म नेपाल–भारत आवतजावत पुर्णरुपमा बन्द हुनेछ । 

सोमवार निर्वाचनको सुरक्षा प्रयोजनका लागि ७२ घण्टाका लागि सीमा नाका बन्द गर्ने विषयमा नेपाल–भारत सुरक्षा अधिकारीको बैठक बहराइचमा बसेको थियो ।

खुला सीमाका कारण सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमा नाका बन्द गर्न दुवै पक्ष सहमत भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप