सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप

एसीसी प्रिमियर कप : नेपालको खराब सुरुवात

मङ्गलबार, १९ वैशाख २०८०, ०९ : ४२
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले खराब सुरुवात गरेको छ । दोस्रो ओभरमा नै कुशल भुर्तेल १ रन बनाएर रोहन मुस्तफाको शिकार बनेका हुन् ।

पहिलो ब्याटिङ गरेको यूएईले नेपाल सामु ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । मंगलबार ‘रिजर्भ डे’ को खेलमा ११ रन थप बनाउँदै यूएई ३३.१ ओभरमा अलआउट हुन पुग्यो ।

यूएईलाई सस्तोमा समेट्न ललितले घातक बिलिङ गरे । उनले ७.१ ओभरमा मात्र १४ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, करन केसी र सन्दीप लामिछानेले २–२ विकेट लिए । सोमपाल कामी र गुल्सन झाले यूएईका एक–एक जना खेलाडीलाई पभिलियन फर्काए । यूएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए भने आर्यन लकाराले १३ तथा बासिल हमिद जुनैद सिद्धिकीले १०–१० रनको योगदान दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप