सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप

एसीसी प्रिमियर कप : नेपालको दोस्रो विकेट गुम्यो

मङ्गलबार, १९ वैशाख २०८०, १० : ०२
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । यूएईविरुद्धको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले दोस्रो विकेट गुमाएको छ । सातौँ ओभरमा आशिफ शेख ८ रन बनाएर आउट भएका हुन् । आयाल अफजल खानको बलमा उनी एल्बीडब्लू आउट भए । सात ओभरको अन्त्यमा नेपालले २ विकेटको क्षतिमा २१ रन बनाएको छ । यसअघि दोस्रो ओभरमा नै कुशल भुर्तेल १ रन बनाएर रोहन मुस्तफाको शिकार बनेका थिए ।

पहिलो ब्याटिङ गरेको यूएईले नेपाल सामु ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । मंगलबार ‘रिजर्भ डे’ को खेलमा ११ रन थप बनाउँदै यूएई ३३.१ ओभरमा अलआउट हुन पुग्यो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप