सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप

एसीसी प्रिमियर कप : कप्तान पौडेल एक रन बनाएर आउट

मङ्गलबार, १९ वैशाख २०८०, १० : ०९
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । यूएईविरुद्धको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले तेस्रो  विकेट गुमाएको छ । कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका हुन् । रोहन मुस्तफाले उनलाई आफ्नो दोस्रो शिकार बनाएका हुन् ।

यसअघि सातौँ ओभरमा आशिफ शेख ८ रन बनाएर आउट भएका हुन् । आयाल अफजल खानको बलमा उनी एल्बीडब्लू आउट भए । यसअघि दोस्रो ओभरमा नै कुशल भुर्तेल १ रन बनाएर रोहन मुस्तफाले नै आउट गरेका थिए ।

पहिलो ब्याटिङ गरेको यूएईले नेपाल सामु ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । मंगलबार ‘रिजर्भ डे’ को खेलमा ११ रन थप बनाउँदै यूएई ३३.१ ओभरमा अलआउट हुन पुग्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप