आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सांग्रिला मोटर्सले नेपाली बजारमा नयाँ सिट्रोन सी ३ लन्च गर्ने तयारी गर्दै

मङ्गलबार, १९ वैशाख २०८०, १० : ५९
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । नेपालका लागि सिट्रोन कारको वितरक सांग्रिला मोटर्सले नेपाली बजारमा नयाँ सिट्रोन सी ३ सार्वजनिक गर्ने तयारी गरेको छ। अत्याधुनिक फिचरले भरिएको कम्प्याक्ट एसयुभी सिट्रोन सी ३  यसको डिजाइन र स्टाइल स्टेटमेन्टका कारण प्रशंसा पाइरहेको छ।यसले नेपाली बजारमा पनि आफ्नो फरक डिजाइन र आधुनिक फिचरले मानक स्थापित गर्ने विश्वास कम्पनीको छ।  

सिट्रोन सी ३, सिट्रोन फ्यामिलीमा सिट्रोन सी ५ एअरक्रसको लन्चपछि थपिएको उत्कृष्ट कम्प्याक्ट एसयुभी कार हो। सिट्रोन सी ३ ले सिट्रोन सी ५ एअरक्रस जस्तै नेपाली कार उत्साहीहरू माझ आफ्नो लागि छुट्टै नाम बनाउने आशा गरिएको छ। फ्रान्सेली ब्रान्ड सिट्रोन यसको नवीनता, डिजाइन र उत्कृष्टताप्रति प्रतिबद्धताका लागि प्रख्यात छ । सिट्रोन सी ३ पनि यस मानेमा अपवाद नरहने विश्वास गर्न सकिने कम्पनीको भनाइ छ। आफ्नो आकर्षक शैली, उन्नत सस्पेन्सन प्रणाली र फराकिलो भित्री भागले सिट्रोन सी ३ ले नेपालभरका कार उत्साहीहरूलाई प्रभावित पार्ने कम्पनीको भनाइ छ।

 सिट्रोन सी ३ लन्च र कार सम्बन्धी थप अपडेटहरूको छिट्टै आउने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप