सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालले जितेको के हो ? प्रधानमन्त्री नै अनभिज्ञ

मङ्गलबार, १९ वैशाख २०८०, १२ : ०७
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । मंगलबार नेपालले यूएईमाथि सात विकेटको जीत हासिल गरेको हो ।

प्रधानमन्त्री दाहालले एक ट्वीट गर्दै नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन् । उनले खेलाडीहरुको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यद्यपि, प्रधानमन्त्री दाहाल नेपालले के जितेको हो भनेर अनभिज्ञ देखिएका छन् । उनले ‘एसिया कप विजेता’ नेपाली टोलीलाई बधाई दिएका छन् । यद्यपि, आज नेपालले एसिया कप जितेको भने होइन, आजको जीतपछि नेपालले एसिया कपमा स्थान बनाएको हो ।

pm-twee

पछि प्रधानमन्त्रीको आधिकारिक ट्वीटरबाट गरिएको सो ट्वीट सच्याइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप