मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

क्रिकेट खेलाडीलाई उचित पुरस्कार प्रदान गर्ने प्रधानमन्त्रीको घोषणा

मङ्गलबार, १९ वैशाख २०८०, १२ : १८
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता टोलीलाई उचित पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । मंगलबार प्रचण्डले खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने बताएका हुन् । 

प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई बधाई ज्ञापन समेत गरेका छन् । 

‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने । 

आजै  प्रधानमन्त्री प्रचण्डको निर्देशन बमोजिम उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खेलाडीहरुलाई हौसला बढाउन त्रिविस्थित खेल मैदानै पुगेका थिए । 

जित पश्चात् श्रेष्ठले सम्पूर्ण खेलाडीहरुलाई बधाई दिँदै जितको खुसी साटेको आचार्यले बताए । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा चिर प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपाल एसिया कपमा पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप