सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुबानीको 'बानी' गीत विवादमा, गायक आर्जन पाण्डेद्वारा चार वर्षअघि किनेको दाबी

मङ्गलबार, १९ वैशाख २०८०, १२ : ४२
मङ्गलबार, १९ वैशाख २०८०

सुबानी मोक्तानको गीत ‘बानी’ निकै चर्चित भइरहेको छ । तर, अहिले यो गीत विवादमा तानिएको छ ।

गायक आर्जन पाण्डेले यो गीत चार वर्ष अघि यसका सङ्गीतकार कमल खत्रीबाट किनेको दाबी गरेका छन् । 

आर्जनले सोमबार ‘तिमीलाई हेरी हेरी’ बोलको गीत आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेपछि धेरैले 'यो सुबानीको गीत हो' भनेपछि गीतको वास्तविकताबारे स्पष्टीकरण दिन चाहेको फेसबुकमा लेखेका छन् ।

फेसबुकमा आर्जनले लेखेका छन्, ‘सुबानी मोक्तानले गाएको अहिलेको चर्चित गीत ‘बानी’ मैले चार वर्षअघि यसका सङ्गीतकार कमल खत्रीबाट किनेको हुँ । मैले ‘तिमीलाई हेरि हेरिरहने बानी परेछ’ भन्ने त्यही हुकलाइन भएको गीत गाएको छु । यसको भिडियो पनि हामीले दुई वर्ष पहिला नै बनाएका थियौँ । म गीत बिरलै रिलिज गर्ने मान्छे भएकाले यसलाई पनि रिलिज गर्ने समय पर्खिरहेको थिएँ ।’

उनले सुबानीको गाएको गीतको हुकलाइन र उनलाई बेचिएको गीतको हुकलाइन एउटै भएको बताउँदै त्यसलाई राख्ने भनेर उनलाई नसोधिएको बताए । आर्जनले भने, ‘यो गीत नै मैले किनेको भएकाले त्यसमा भएको हुकलाइन पनि मेरो सम्पत्ति हो । ’

आर्जनले थपे, ‘उहाँहरू सबैलाई यो गीत मेरो हो भन्ने थाहा थियो । तर, त्यति थाहा हुँदाहुँदै पनि मेरो अनुमति बिना त्यसलाई बनाएर रिलिज गर्ने हिम्मत कसरी आयो थाहा छैन ।’

यसमा आफूलाई अन्याय भयो कि सुबानीलाई भयो भनेर बुझ्न सुबानीलाई फोन गरेको पनि बताए । ‘मैले सुबानीलाई फोन गरेर सोध्दा उहाँले मेरो गीतको अरेन्जर रिकेश गुरुङले मेरो गीत सुनाएको र यो मान्छेले गाउँदैन भनेर दिएको भन्नुभयो,' आर्जनले भने, 'कुनै स्टुडियोमा अरेन्ज गर्न दिएको गीत अरूलाई सुनाउँदै दिन्छ भने हामीले कसरी ढुक्कका साथ आफ्नो गीत अरेन्ज गर्न दिन सक्छौ ? रिकेशले पहिले पनि मेरो गीत रेलिमाईमा त्यस्तो हर्कत गरिसकेका छन् ।’

आर्जनले यसमा ठ्याक्कै के भइरहेको छ भनेर नबुझेको बताए पनि आफूमाथि अन्याय भएको राम्रोसँग बुझेको बताए । उनले भने, ‘ उनीहरुले मलाई मिल्न भनिरहेका छन् । गीत निकाल्नुभन्दा पहिला नै भनेको भए कुरा अर्कै हुन्थ्यो । तर, अहिले भन्नुको खासै अर्थ छैन । त्यसैले पनि उनीहरूले भनेको मानेर नेपाली सङ्गीतको व्यवसायिकतामा अर्को गल्तीलाई ढाकछोप गरौँ कि यसको कानुनी उपचार खोजेर भोलिको दिनमा यस्तो हुने अवस्था नआउने बनाऊँ ? म अलमलमा छु ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप