सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एसीसी प्रिमियर कप : सन्दीप लामिछाने प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित

मङ्गलबार, १९ वैशाख २०८०, १२ : ४७
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । नेपालका सन्दीप लामिछाने एसीसी प्रिमियर कप प्रतियोगिताको उत्कृष्ट खेलाडी छनोट भएका छन् । उत्कृष्ट खेलाडीको अवार्ड हात पारेपछि लामिछानेले यो सबैका लागि खुसीको पल भएको बताए । 

उनले भने, ‘खेल भनेकै सबैले आ–आफ्नो तरिकाले योगदान दिने हो । आज पनि तेस्रो स्थानमा उक्लिएर गुल्सन झाले राम्रो योगदान दिए ।’ उनले आफ्नो समकक्षी बलर ललित राजवंशीको पनि प्रशंसा गरे । ललितले हरेक दिन आफ्नो खेलमा सुधार गरिरहेकाले उनको भविष्य उज्जवल रहेको लामिछानेको भनाई थियो ।

उनले खेल हेर्न त्रिभुवन विश्वविद्यालको मैदानमा पुगेका सम्पूर्ण दर्शकलाई धन्यवाद दिए । लामिछानेले भने, ‘फ्यानहरु हाम्रो परिवार हुनुभएको छ । हरेक दिन घामपानी नभनेर आउनुहुन्छ । तपाईंको सामु खेल्न पाउँदा रमाइलो लाग्छ ।’ नेपालको क्रिकेटलाई अझै माथि पुर्‍याउने पनि उनले प्रतिबद्धता व्यक्त गरे ।  प्रतियोगिताको फाइनलमा नेपालले यूएईलाई हराउँदै एसिया कपमा स्थानमा बनाउन सफल भएको छ ।

प्रतियोगितामा ओमानका बिलाल खान उत्कृष्ट बलर छानिए भने यूएईका भिर्तिया अरविन्द उत्कृष्ट ब्याटर घोषित भए । फाइनल खेलमा गुल्सन झा प्लेयर अफ म्याच घोषित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप