आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र हुने

जीडीपीको आकार ५३ खर्ब पुग्यो
मङ्गलबार, १९ वैशाख २०८०, १३ : ३१
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्र हुने प्रक्षेपण भएको छ । मंगलबार आर्थिक वर्ष २०७९/८० को  वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै केन्द्रीय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्षको अन्तसम्ममा उपभोक्तातर्फको आर्थिक वृद्धिदर १.८६ प्रतिशत र समष्टिगत आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने अनुमान गरेको हो ।

योसँगै आर्थिक वर्षको अन्तसम्ममा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५३ खर्ब ८१ अर्ब पुग्ने तथ्याङ्क कार्यालयको भनाइ छ । यसअघि यस्तो जीडीपीको आकार ४८ खर्ब हाराहारी रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप