मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आन्दोलनरत चिकित्सकको आक्रोश : आयोगका पदाधिकारी ध्रुवे हात्तीजस्ता भए

मङ्गलबार, १९ वैशाख २०८०, १४ : १३
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यता क्रम विपरीतको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकहरूले आज पनि शान्तिपूर्ण प्रदर्शन गरेका छन् । 

मंगलवार माइतीघर मण्डलामा भेला भएर चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यता क्रम विपरीतको भर्ना प्रक्रियाविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

 उनीहरुले आज २२ औँ दिनसम्म पनि सरकार र सम्बन्धित निकायहरूले आफ्ना मागहरू पूरा नगरेको भन्दै आपत्ति जनाए । विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा डा. छवि पन्थीले एमडी/एमएसको प्रवेश परीक्षाको नतिजामा वैज्ञानिक व्यवस्थापन हुन नसकेको बताए । 

उनले योग्यता क्रम मिचेर भर्ना प्रक्रिया अघि बढाएकाले आफूहरू आन्दोलनमा उत्रिनुपरेको बताए । उनले आयोगमा नेतृत्व गरेका पदाधिकारीहरू कानुनी राज भन्दा माथि हो ? भन्दै प्रश्न गरे ।  

उनले आयोगमा नेतृत्व गरेका पदाधिकारीहरू कानूनीराज भन्दामाथि ध्रुवे हात्तीजस्तो भएर बसेको आरोप समेत लगाए । 

‘गत पुस महिनाको २ गते चिकित्सा शिक्षा आयोगले एमडी/एमएसको प्रवेश परीक्षा लिएको थियो । यसको सन्दर्भमा  करिब एक हप्तामा नतिजा निकाल्यो, त्यसको वैज्ञानिक व्यवस्थापन गर्ने बेलामा त्रुटिपूर्ण तरिकाले व्यवस्थापन गरेको छ’, उनले भने, ‘योग्यता क्रम मिचेर भर्ना प्रक्रिया अघि बढाएकाले हामीले अदालतमा मुद्दा हालेका छौँ । चिकित्सा शिक्षा आयोग र आयोगको नेतृत्व गरिरहेका पदाधिकारीहरूले सम्मानित सर्वोच्च अदालतले गरेको फैसला अनुरूप योग्यता क्रम नमिचिने गरी जुन आदेश थियो, त्यसको विरुद्धमा उहाँहरु गएको कारणले गर्दा हामीले अवहेलनाको मुद्दा दर्ता गरेका छौँ । आयोगमा नेतृत्व गरेका पदाधिकारीहरू कानुनी राज भन्दा माथि ध्रुवे हात्ती, उन्मत्त हात्ती बनाएर बसेका छन्,उनीहरुले विद्यार्थीहरूको मर्का बुझेका छैनन् ।’

त्यस्तै प्रदर्शनकारी चन्दनकुमार गोइतले -यांकअनुसार विद्यार्थीहरूले भर्ना पाउनुपर्ने बताए । उनले विद्यार्थीहरूमाथि चिकित्सा शिक्षा आयोगले बारम्बार आक्रमण गरिरहेको बताए । 

त्यस्तै आन्दोलनरत चिकित्सक रविना श्रेष्ठले परीक्षा दिएको ५ महिनासम्म पनि प्रक्रियाअनुसार काम हुन नसकेको बताइन् ।  प्रक्रियाअनुसार पढ्न मन रहेपनि नपाएको गुनासो गरिन् ।

उनीहरुले विद्यार्थीको भविष्यसँग खेल्न पाइँदैन, मेरा साना दुःखले आर्ज्याको  -यांक होइन, सबै प्रमाण छन् खिचेको, योग्यता क्रम मिचेको, योग्यता क्रम लागू गर, देशको स्वास्थ्य नबिगारी देउ, न्याय माग्न कुन गोरखा जानु ? न्यायपालिका भन्दा ठूलो कार्यपालिका कसरी भयो ? नखाउँ भने वर्षभरको शिकार, खाउँ भने छुट्ने भयो अधिकार लगायतका प्लेकार्ड बोकी विरोध प्रदर्शन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप