आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कानेपोखरी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताला

मङ्गलबार, १९ वैशाख २०८०, १५ : २२
मङ्गलबार, १९ वैशाख २०८०

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा भ्रष्टाचार भएको आरोप लगाउँदै अध्यक्ष राजमती इङ्नामको कार्यकक्षमा स्थानीय एमाले कार्यकर्ताले तालाबन्दी गरेका छन् । उनीहरुले वडा नम्बर ८ को वडाध्यक्ष खड्गबहादुर बस्नेतको कार्यकक्षमा पनि तालाबन्दी गरेका हुन् । 

गाउँपालिकाले खरिद गरेको १ बिगाहा जग्गामा भएको अनियमितताको विषय सत्य तथ्य सार्वजनिक गर्नुपर्ने उनीहरुको माग छ । निर्वाचित जनप्रतिनिधिहरूको बेथितिविरुद्ध गाउँपालिकाको अध्यक्ष र वडा अध्यक्षको कार्यालयमा तालाबन्दी गरिएको स्थानीय नवीन पौडेलले बताए । उनी एमाले मोरङका जिल्ला सदस्य हुन् । पौडेलसहित ३ सय एमाले कार्यकर्ताले हिजो राजीनामाको घोषणा गरेका थिए । 

गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष तथा ६ वटा वडाध्यक्ष एमालेले नै जितेको छ । ‘सेवाग्राहीलाई सेवा प्रभावमा कुनै पनि कठिनाइ नहुने तरिकाले हामी आन्दोलनमा उत्रिएका हौँ,’ उनले भने, ‘कानेपोखरी गाउँपालिको स्थानीय सरकार विधि र प्रक्रियामा चल्नुपर्ने हो । तर, चलेको पाइएन । त्यही भएर तालाबन्दी गरिएको हो ।’

गाउँपालिकाले प्रशासनिक भवन बनाउन भनेर तत्कालीन गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले अध्यक्ष रहेको बेलामा गाउँपालिकाले कानेपोखरी–५ मा खरिद गरेको १ बिगाहा जग्गामा १ करोड ३४ लाख रुपैयाँ बढी मूल्य हालेर जग्गा खरिद गरेको पाइएको छ ।
कम मूल्यमा जग्गा विक्री गर्ने निवेदकलाई पाखा लगाएर पालिकाले कानेपोखरी गाउँपालिका वडा नं. ५ मा प्रतिकठ्ठा १० लाख २५ हजारका दरले २० कठ्ठा (१ बिघा) जग्गा २ करोड ५ लाखमा २०७८ असार २३ गते खरिद गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप