सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा मोटरसाइकल चोरी गर्ने पक्राउ

मङ्गलबार, १९ वैशाख २०८०, १५ : ४७
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । काठमाडौँबाट मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २५ वर्षीय लोकबहादुर पाख्रिन र काभ्रे घर भएका २८ वर्षीय सुजन तामाङ रहेका छन् ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुबाट मोटरसाइकलहरु चोरी हुने गरेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गत वैशाख १५ गते जिल्ला ललितपुर भैँसेपाटीबाट पाख्रिनलाई बाग्मती प्रदेश ०२-०२८  प ४४४८ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरेको थियो । प्रहरीले सोधपुछ गर्दै जाँदा बौद्ध नयाँबस्ती बस्ने तामाङले दिएको खुलाएका थिए ।

तामाङलाई यसबारे सोधपुछ गर्दा उक्त मोटरसाइकलको वास्तविक नम्बर बा.प्र.०२ ०२१ प ४१७२ खुलेको प्रहरीको भनाई छ । दुवै जनालाई मोटरसाइकलसहित थप अनुसन्धानको लागि प्रहरी वृत चापागाँउ पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप