सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मुस्ताङमा चोरी, काठमाडौँमा पक्राउ

मङ्गलबार, १९ वैशाख २०८०, १६ : ०२
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । मुस्ताङमा चोरी गरेर फरार रहेका एक जना युवक काठमाडौँमा पक्राउ परेका छन् । २०७९ साल पुस १२ गते मुस्ताङ वारागुङ गाउँपालिका–१स्थित छिरिङ खाजाघरबाट ५ लाख रुपैयाँ चोरी गरी फरार रहेका राजकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो । 

मोक्तानलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट पत्राचार गरेको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गत वैशाख १७ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–५ जगातिबाट पक्राउ गरेको थियो । 

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप