आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कम्बोडिया पठाइदिने भन्दै ७ लाख ठगी गर्ने व्यक्ति पक्राउ

मङ्गलबार, १९ वैशाख २०८०, १६ : ३८
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  चितवनको राप्ती नगरपालिका वडा नम्बर ९ स्थित लालपुर स्थायी घर भई भक्तपुरको जगाती  बस्ने  राजु श्रेष्ठ रहेका छन् । 

उनले बिजु कार्कीलाई कम्बोडीया पठाइदिने भन्दै ७ लाख ठगी गरेको उजुरी परेको थियो ।   वैदेशिक रोजगार विभागको पत्रका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा खटिएको टोलीले श्रेष्ठलाई कोटेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप