मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दुई पूर्वकप्तान कोहली र गम्भिरबीचको झगडा सीसीटीभीले समातेपछि

मङ्गलबार, १९ वैशाख २०८०, १७ : ४०
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको सोमबारको खेलका क्रममा आपसमा झगडा गरेपछि दुई चर्चित क्रिकेटर कारबाहीमा परेका छन् । 

कारबाहीमा पर्ने दुवै क्रिकेटर भारतको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पनि हुन् । उनीहरुको झगडा भने क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) ले समातेको हो ।

कारबाहीमा पर्ने क्रिकेटर विराट कोहली र गौतम गम्भिर हुन् । उनीहरुलाई शतप्रतिशत म्याच फि जरिवाना तिराउने निर्णय आईपीएल आयोजकले गरेको छ । सोमबार लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बेंगलौरबीचको खेलपछि कोहली र गम्भिरबीच चर्को वादविवाद भएको थियो ।

उनीहरुबीच चर्को भनाभन भएको फुटेज सीसीटीभीमा रेकर्ड भए पनि कुन विषयलाई लिएर वादविवाद भएको हो भन्ने कुरा भने खुलेको छैन । सीसीटीभीमा उनीहरुको आवाज सुनिँदैन । कोहली र गम्भिरसँगै लखनउ सुपर जाइन्ट्सका बलर नविन उल हकलाई पनि म्याच फिको ५० प्रतिशत जरिवाना तिराइएको छ । नविन उल हक अफगानिस्तानका बलर हुन् ।

गम्भीर भने लखनउ सुपर जाइन्ट्सका मेन्टर हुन् । उनले सन् २०१८ मै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । सोमबार भएको खेलमा कोहलीको रोयल च्यालेन्जर्स बेंगलौरले लखनउ सुपर जाइन्ट्सलाई १८ रनले हराएको थियो । कोहली र गम्भिरबीच कुन विषयलाई लिएर झगडा भएको हो भन्ने विषयमा अन्य खेलाडीले पनि केही बताएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप