सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

बुधबार, २० वैशाख २०८०, ०९ : २०
बुधबार, २० वैशाख २०८०

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै छन् । 

दुई खेल दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुनेछ । रङ्गशालामा हुने पहिलो खेलमा फ्रेण्ड्स क्लब र चर्च ब्वाइज क्लवबीच प्रतिस्पर्धा हुनेछ । फ्रेण्ड्स र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । 

रङ्गशालामै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र मनाङबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । 

यस्तै च्यासल मैदानमा रोयल ब्लु सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र हिमालयनबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप