सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
समाचार

अनियन्त्रित ट्रक दुई वटा घरमा ठोक्कियो, ८ जना घाइते

बुधबार, २० वैशाख २०८०, १२ : २०
बुधबार, २० वैशाख २०८०

तनहुँ । तनहुँमा ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भएर घरमा ठोक्कियो पुग्दा ८ जना घाइते भएका छन् । बुधवार बिहान बन्दिपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वीराजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुस्लिनतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भएर सडक छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा ठोकिन पुगेको हो । 

दुर्घटनामा घाइते हुनेमा स्थानीय आयुस भुजेल, आयुसा भुजेल, चेत बहादुर घर्ती, सनबहादुर भुजेल, जस्मिन भुजेल, ईश्वर भुजेल, समिर भुजेल र सन्तोष भुजेल रहेका छन् । 

घाइतेहरु पैदल यात्रीहरू र सोही घरका मानिसहरू रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेहरूलाई हार्डजोर्नी अस्पताल आबुँखैरेनीमा प्राथमिक उपचारपछि थप उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ । 

truck2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप