सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साफ च्याम्पियनसीपमा कुवेतले पनि सहभागिता जनाउने

बुधबार, २० वैशाख २०८०, १५ : ५१
बुधबार, २० वैशाख २०८०

काठमाडौँ । भारतमा आयोजना हुने १४ औँ साफ च्याम्पियनसीपमा कुवेतले पनि सहभागिता जनाउने भएको छ । आमन्त्रित सातौँ राष्ट्रका रूपमा कुवेतले प्रतियोगितामा सहभागिता जनाउने भएको हो ।

प्रतियोगितामा सहभागी हुने सार्क राष्ट्रहरूमा आयोजक भारतसहित नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् । श्रीलङ्कालाई फिफाले २१ जनवरी २०२३ मा कारबाही गरेको कारण प्रतियोगिता खेल्न पाउने छैन । प्रतियोगिता २१ जुनदेखि ४ जुलाईसम्म बैंग्लुरुमा आयोजना हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप