सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जमुनाहा नाका २ दिनका लागि बन्द

बुधबार, २० वैशाख २०८०, १६ : ४२
बुधबार, २० वैशाख २०८०

नेपालगञ्ज ।  नेपाल भारत सीमा जमुनाहा नाका दुई दिनका लागि बन्द भएको छ । यही वैशाख २१ गते भारतको उत्तर प्रदेश श्रावस्ती र बहराइच जिल्लामा नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन) हुने भएकाले निर्वाचन हुने समय भन्दा ४८ घण्टाअघि वैशाख १९ गते बेलुका ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म सीमा बन्द भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए ।

उनले त्यसक्रममा हरियो तरकारी, माछा, दूध, पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शवबाहन बाहेक अन्यको हकमा आवतजावत बन्द रहने बताए । निर्वाचनका बेला हुनसक्ने आपाराधिक घटनालाई लक्षित गरेर दुवै देशले सीमा बन्द गर्दै आएका छन् । यसअघि बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चाय, बर्दियाका प्रमुख जिल्ला अधिकारीनारायणप्रसाद रिसालसहित सुरक्षाकर्मीको टोली दुई पक्षीय बैठकका लागि भारत गएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप