कोशी प्रदेश : एमाले संसदीय दलको उपनेतामा मगर चयन
बुधबार, २० वैशाख २०८०, १८ : ४३
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा रामबहादुर राना मगर चयन भएका छन् । एमाले संसदीय दलको आज बसेको बैठकले उनलाई उपनेताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
राना इलाम क्षेत्र नम्बर २(२)बाट निर्वाचित भएका हुन् भने एमालेमा उनी १० बुँदे पक्षधरका नेता भनेर चिनिन्छन् । यस्तै संसदीय दलका नेता कार्कीले सचेतकमा सिर्जना राई नियुक्त गरेका छन् । राई समानुपातिकबाट सांसद बनेकी हुन् । प्रदेश कमिटी सदस्यसमेत रहेकी उनी भोजपुरकी हुन् । कार्कीले यसअघि प्रमुख सचेतकमा रेवतीरमण भण्डारीलाई नियुक्त गरेका थिए ।