आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घर भाडामा छुट दिन पोखरा उद्योग वाणिज्य संघको आग्रह

बुधबार, २० वैशाख २०८०, १९ : ५९
बुधबार, २० वैशाख २०८०

पोखरा । पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरूलाई धैर्य नगुमाउन तथा घरधनीहरूलाई घर भाडामा सक्दो छुट दिन अनुरोध गरेको छ । पोखराको मुख्य बजार क्षेत्रकै सटर तथा कवलहरू खाली हुन थालेपछि संघले सो आग्रह गरेको हो । 

संघका महासचिव बलराम आचार्यद्वारा बुधबार जारी विज्ञप्तिमा बैङ्कको चर्को ब्याजदर,आर्थिक मन्दीका कारण व्यवसायमा आएको शिथिलताले पलायनको अवस्था ल्याएको र यो परिस्थितिबाट व्यवसायीहरूलाई जोगाउन राज्यले विशेष ध्यान दिनुपर्ने माग गरिएको छ ।

महासचिव आचार्यले यो विषयमा नेपाल घरभाडा सरोकार समितिसँग परामर्श गरेको जानकारी दिँदै भनेका छन्,‘माहुरीलाई पोलेपछि अर्को पटक मह प्राप्त हुँदैन । माहुरीलाई पालेर मह लिने हो । तसर्थ सङ्कटको यो बेला साबिकको घर भाडामा सम्भव भएसम्म छुट दिन,स्थिति सहज नहुँदासम्म बहाल नबढाउने सुनिश्चितता गर्न हामी घरधनीसँग आग्रह गर्दछौँ ।’  

Press Release

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप