सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वैशाख २७ देखि भीमनारायण कप

बुधबार, २० वैशाख २०८०, २० : ४६
बुधबार, २० वैशाख २०८०

धनकुटा । यही वैशाख २७ गतेदेखि धनकुटाको तल्लो टुँडिखेलमा १५औँ सहिद भीमनारायण रनिङ फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक संस्था सहिद भीमनारायण स्मृति प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरेर प्रतियोगितको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । जेठ २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल र भारतका आठ वटा फुटबल टोलीको सहभागिता रहने खेल संयोजक शम्भु प्रधानले जानकारी दिए ।

जिल्लाका सात स्थानीय तहको सहयोग तथा जगशक्ति स्टिलको मुख्य प्रयोजनमा सम्पन्न खेलका लागि रु ४१ लाख ५० हजार बराबरको आयोजकले खर्च सार्वजनिक गरेको छ । प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु पाँच लाखसहित रनिङ शिल्ड र उपविजेताले नगद रु दुई लाख ५० नगद पाउने प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले जानकारी दिए ।

विसं २०३२ मा विराटनगरमा राजा वीरेन्द्रलाई बम हानेको आरोपमा भीमनारायण श्रेष्ठलाई विसं २०३५ गोली हानी श्रेष्ठको हत्या गरिएको थियो । उनैको सम्झना र सम्मानमा २०५५ सालदेखि फुटबल प्रतियोगिता हुँदै आएको हो । यो प्रतियोगिता जिल्लाकै ठूलो धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप