आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशनमा के-के काम भए ?

बिहीबार, २१ वैशाख २०८०, ०७ : १५
बिहीबार, २१ वैशाख २०८०

दाङ । लुम्बिनी  प्रदेश सभाको पहिलो भाषामा हिउँदे अधिवेशन मंगलबार रातिदेखि अन्त्य  भएको छ । २०७९ साल पुस १८ गतेबाट सुरु भएको अधिवेशनले  वैशाख १९ गतेसम्म  १० वटा बैठक गरेको छ । 

यो हिउँदे अधिवेशनको झन्डै ५ महिनाको अवधिमा सभामुख, उपसभामुखको निर्वाचन गराउनेदेखि  दुई मुख्यमन्त्री फेर्ने काम भएको छ । 

लुम्बिनी प्रदेश सभाको यो अधिवेशनले  नियमावली पारित गर्दै कार्य व्यवस्था परामर्श समिति गठन गरेको छ ।  दुई वटा सरकार गठन गर्नेदेखि तीन वटा विश्वास प्रस्तावमाथि छलफल र निर्णय गराउन सफल भएको प्रदेश सभा सचिवालयले जनाएको छ । 

यस्तै ३ वटा नियमावली दर्ता गर्ने एउटा नियमावली टेबल  गर्ने काम भएको  देखिन्छ । लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्था सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबल गर्ने काम प्रदेश सभाले गरेको छ । 

लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ पुन  मगरले  प्रदेश सभाले २ मुख्यमन्त्री  बनाउने र तीन  विश्वासको मत माथि छलफल गराउँदै निर्णय गर्ने काम गरेको बताए।
माघ ५ गते लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीको विश्वासको प्रस्तावमाथि छलफल गराउने काम प्रदेश सभाले गराएको थियो । यस्तै सत्ता साझेदार दलहरूको विश्वासको प्रस्ताव फिर्ता लिएपछि वैशाख ११ गते गिरी सरकारमाथि विश्वासको प्रस्तावमा छलफल गराई फेल भएको निर्णय गराएको थियो । 

lila_giri_ cm

गिरीलाई विश्वास मत नआएपछि  लुम्बिनी प्रदेशमा  अर्को  गठबन्धनको तर्फबाट  डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका थिए । मंगलबार मुख्यमन्त्री चौधरीलाई  विश्वासको मत प्राप्त  भएपछि प्रदेश प्रमुखको कार्यालय बुटवलले विज्ञप्ती जारी गर्दै हिउँदे अधिवेशन सकिएको जनाएको छ ।

cm

प्रदेश सरकारले बजेटको लागि तयारी गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त गरी बजेट अधिवेशन बोलाइने छ । प्रदेश सभाले यो अधिवेशनमा  प्रदेश प्रतिष्ठानसम्बन्धी विधेयक टेबल गराएको  छ । यस्तै  प्रदेश सभामा विभिन्न  तीन वटा  विधेयकहरू पनि दर्ता भएको जनाएको छ । लुम्बिनी प्रदेश सभाले अहिलेसम्म  ८५ वटा विधेयक प्रमाणीकृत  गरेको छ ।  

one
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप