सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

होटेल सञ्चालक र यौनकर्मी महिलासहित गरुडाबाट ७ जना पक्राउ

बिहीबार, २१ वैशाख २०८०, ०९ : ४८
बिहीबार, २१ वैशाख २०८०

रौतहट । रौतहटको मध्य भाग तथा जिल्लाको प्रमुख व्यापारिक केन्द्र गरुडा बजारबाट दुई जना यौनकर्मी महिला, होटेल सञ्चालकसहित ७ जना पक्राउ परेका छन्। 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाबाट गएको संयुक्त टोलीले गरुडा स्थित अनिता होटेल एण्ड लजमा छापामारी होटेल सञ्चालकसहित ७ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा होटेल सञ्चालक माधव नारायण नगरपालिका ३ का निरञ्जन यादव, दुई जना यौनकर्मी महिला तथा चारजना पुरुष रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकास खनालले बताएका छन्। 

अनिता होटेलमा यौनजन्य क्रियाकलाप भइरहेको सूचनाको आधारमा बुधबार साँझ जिल्ला प्रहरी कार्यालय गौर तथा गरुडाका संयुक्त प्रहरी टोलीले छापामारी उनीहरूलाई नियन्त्रणमा लिएको डिएसपी खनालले जानकारी दिएका छन्। 

पछिल्लो केही दिन अघि उक्त होटेलमा यौनजन्य क्रियाकलाप भइरहेको सूचना आएपछि होटेल सञ्चालन यादवलाई बोलाएर त्यस्तो कार्य नगर्न सम्झाई बुझाई समेत गर्दा पनि अटेर गर्दै आएको डिएसपी खनालले बताएका छन् ।

यसअघि प्रहरीले सदरमुकाम गौर स्थित होटेल रोयल ईन्दु र  साहिवा ब्युटी पार्लरमा छापामारी यौन धन्धामा संलग्न झन्डै एक दर्जन महिला पुरुष तथा सञ्चालकलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप