मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रेस सेन्टर नेपालको केन्द्रीय साधारणसभा तथा मिडिया सम्मेलन जेठ १३ गते गर्ने निर्णय

बिहीबार, २१ वैशाख २०८०, १० : १४
बिहीबार, २१ वैशाख २०८०

काठमाडौं । प्रेस सेन्टर नेपालको केन्द्रीय साधारणसभा आगामी जेठ १३ गते हुने भएको छ । बुधबार केन्द्रीय कार्यालय बबरमहलमा बसेको उपलव्ध पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकले कृष्ण सेन इच्छुक स्मृति दिवसकै दिन पारेर काठमाडौंमा केन्द्रीय साधारण सभा गर्ने निर्णय गरेको केन्द्रीय महासचिव सन्तोष पौडेलले जानकारी दिए ।

महासचिव पौडेलका अनुसार केन्द्रीय साधारणसभा संगठनको स्थापना दिवस अर्थात माघ १५ गते गर्ने भनिएकोमा केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेलका गत माघ १ गते पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएपछि स्थगित गरिएको थियो ।

बुधबार केन्द्रीय अध्यष विष्णु सापकोटाको अध्यक्षता र संगठनका संस्थापक सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यको प्रमूख उपस्थितिमा भएको बैठकले केन्द्रीय साधारणसभासहित राष्ट्रिय मिडिया भेलासमेत गर्ने निर्णय गरेको हो । जेठ १२ देखि १४ सम्म हुने सो कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथिको रुपमा आमनत्रण गर्ने निर्णय पनि बैठकले गरेको छ । 

कार्यक्रममा देशभरबाट ६ सय वढि सहभागि हुने बताइएको छ । प्रेस सेन्टरको ७ भौगोलिक प्रदेश सहित उपत्यका, प्रतिष्ठान, एशोसियट र प्रवास गरी ११ प्रदेश र जिल्ला तथा स्थानिय तहसम्म संगठित समितिहरु क्रियाशील रहेका छन् । बैठकले केन्द्रीय अध्यक्ष विष्णु सापकोटाको नेतृत्वमा मूल आयोजक समिति पनि गठन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप