आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१२ वर्षपछि भारत भ्रमणमा पाकिस्तानी विदेश मन्त्री बिलावल भुट्टो

बिहीबार, २१ वैशाख २०८०, ११ : ०६
बिहीबार, २१ वैशाख २०८०

पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जरदारी बिहीबार भारत पुग्ने कार्यक्रम छ ।  शंघाई कोअपरशेन अर्गनाइजेसन (एससीओ) को विदेशमन्त्रीबीच आयोजना गरिएको भेटघाटमा समावेश हुनका लागि बिलावल भारत जाँदै छन् । उनी १२ वर्षपछि भारत जाने पाकिस्तानको पहिलो विदेश मन्त्री हुनेछन् । यसअघि सन् २०११ मा पाकिस्तानका पूर्व विदेश मन्त्री हिना रब्बानी खार भारत पुगेकी थिइन् ।

यस्तै, ४–५ मेमा हुन लागेको एससीओ बैठकबाहेक विदेश मन्त्री एस जयशंकर रुस र चीनका विदेश मन्त्रीसँग द्विपक्षीय बैठक पनि गर्नेछन् । बिहीबार विदेश मन्त्रालयले यसबारे जानकारी दिएको छ । रुस–चीनका विदेश मन्त्री यसअघि मार्चमा जी२० को एक बैठकका लागि भारत पुगेका थिए । 

पाकिस्तानका सबैभन्दा कान्छा विदेश मन्त्री हुन् बिलावल भुट्टो 

भारत र पाकिस्तानबीच पछिल्लो सात वर्षदेखि कुनै बोलचाल छैन । त्यसैले बिलावल भुट्टोको यो भ्रमणमा सबैको निगरानी छ । बिलावल पाकिस्तानकी एक मात्र महिला प्रधानमन्त्री बनेकी बेनजीर भुट्टोका छोरा हुन् । उनी अप्रिल २०२२ मा ३३ वर्षको उमेरमा पाकिस्तानका कान्छा विदेश मन्त्री बनेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप