सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘रिमझिम’मा करुणा र कुन्साङको रोमान्स

बिहीबार, २१ वैशाख २०८०, १२ : २०
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । गायिका राधिका बिस्टको स्वर रहेको गीत ‘रिमझिम’ सार्वजनिक भएको छ । एक प्रेमिल जोडीको वियोगान्त प्रेमकथा गीतले भन्छ । गीतमा स्वयम् गायिका बिस्टको शब्द, सङ्गीत छ भने एरेन्ज अनुज शेखरले गरेका हुन् । 

गीतको भिडियोमा २०७१ सालमा सुनकोसीमा  आएको  बाढी पहिरोको घटनामा देखाउन खोजिएको छ । भिडियोमा करुणा श्रेष्ठ र  कुन्साङ बोम्जनको अभिनय छ ।

बुद्ध थापा र उत्तम हुमागाईको छायाङ्कन, प्रविन श्रेष्ठको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप