मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कामना सेवा र मनकामना अस्पतालबीच सम्झौता

बिहीबार, २१ वैशाख २०८०, १३ : १३
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुर बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । 
सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले मनकामना अस्पतालले प्रदान गर्ने ओ.पि.डि. सेवा, सामान्य वार्ड, बेड शुल्क, ओ.टि. शुल्क, सि.टि. स्क्यान, आई.सि.यु., लगायत एन.आई.सि.यु., एच.डि.यु.÷नर्सरी सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । अस्पतालले प्रदान गर्ने सो सेवासुविधाहरुमा बैंकका कर्मचारीहरुले २०% सम्मको र बैंकका ग्राहकहरुले १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । 
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप