आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यसअघिका सरकारले गरेका राम्रा कामको निरन्तरता दिन्छु  : मुख्यमन्त्री पाण्डे

बिहीबार, २१ वैशाख २०८०, १४ : ५४
बिहीबार, २१ वैशाख २०८०

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसअघिका मुख्यमन्त्रीले गरेका राम्रा कामको निरन्तरता दिने बताएका छन् । बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री पाण्डेले यसअघिका सरकारले गरेका राम्रा कामको निरन्तरता दिने बताएका हुन् । 

‘गण्डकी प्रदेशमा यसअघि गठन भएका तीनवटै सरकारबाट प्रदेशलाई स्थापित गर्न प्रशस्त प्रयास भएका छन् । यसलाई निरन्तरता दिँदै जनअपेक्षा पूरा गरी सरकारप्रति सकारात्मक भावना विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नेछ,’ पाण्डेले भने ।  

उनले प्रदेशवासीको विकास र समृद्धिको आकांक्षा पूरा गर्न सहयोग गर्ने बताए ।  प्रदेशको समुन्नतिको लागि विगतका सरकारहरूले थालनी गरेका आयोजना तथा कार्यक्रमहरु समयमै सम्पन्न गर्ने प्रतिबद्धता समेत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप