सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लागुऔषधसहित वीरेन्द्रनगरबाट एकजना पक्राउ

बिहीबार, २१ वैशाख २०८०, १९ : २९
बिहीबार, २१ वैशाख २०८०

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुल्सिपुर उप–महानगरपालिका ७ का १८ वर्षीय राजु रावत रहेका छन् । 

उनलाई सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ नयाँ बसपार्कबाट पक्राउ गरेको हो । 

शंकास्पद तरिकाले हिडिरहेको अवस्थामा शंका लागेपछि उनलाई नियन्त्रणमा लिइएको र चेकजाँचका क्रममा जुत्तामा मेघाश्रीको खोल्सो भित्र लागुऔषध लुकाई राखेको भेटिएको प्रहरीले जनाएको छ । 

उनको साथबाट २१० मिलि ग्रा.म लागुऔषध फेला पारिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप